बर्दियामा हात्तीहरूको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन
बाँके । हात्तीहरूको स्वास्थ्य जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि बिहीबारबाट सुरु भएको शिविर आज शुक्रवारसम्म चल्नेछ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा शिविर आयोजना गरिएको हो । पालुवा हात्तीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र उपचार गर्ने उद्देश्यले हात्ती स्वास्थ्य शिविर सुरु गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
शिविरमा ठाकुरद्वारास्थित निकुञ्ज हात्तीसारमा रहेका १३ वटा हात्तीहरूको स्वास्थ्य परीक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउनेलगायत अन्य चेकजाँचका कार्यहरू हुनेछ । यस पटकदेखि प्रत्येक हात्तीलाई रेबिज र टिटानस विरुद्धको खोप पनि दिइनेछ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हात्तीको स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा पौष्टिक तत्त्वको अवस्था के छ, अन्य कुनै रोग छ कि छैन भन्ने बुझ्न र उपचार गर्न शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब एक घण्टा समय लाग्ने र चिकित्सकसहित दुई जना प्राविधिक (टेक्निसियन) लाग्ने वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्