आचार्यले कम्युनिष्ट आन्दोलनमा देखाएको आर्दश र मूल्यमान्यताबाट सिक्नुपर्ने
काठमाडौँ, १६ कात्तिक ः नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेता मेघराज आचार्यले कम्युनिष्ट आन्दोलनप्रति देखाएको आर्दश, मूल्य मान्यताबाट सिक्नुपर्ने बताएका छन् ।
कम्युनिष्ट नेता मेघराज आचार्यको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले नेता आचार्यको कम्युनिष्ट आन्दोलनप्रति देखाएको लगाव साच्चै नै उदाहरणिय रहेको बताए ।
उनले नेता आचार्यसंग आफ्नो सम्बन्ध नभएपनि मोहनविक्रम सिंह, मोहन वैद्यबाट नै आचार्य कम्युनिष्ट विचारमा दृढ र निरन्तर आन्दोलनमा लागिरहेको कुरा थाहा पाएको बताए ।
नेता आचार्य नेपालको कम्युनिष्ट आन्दोलनको विकल्प नलिई जिवन्त प्रयत्न कम्युनिष्ट प्रति समर्पित रहेकाले हुनाले उहाँमा सवभन्दा ठूलो आर्दश रहेको बताए ।
सांगठनिक रुपमा नेता आचार्यलाई पार्टीले जोडन नसकेपनि उहाँले पार्टीप्रति देखाएको मूल्य मान्यता र योगदानलाई पार्टीले सधै स्मरण गर्ने समेत बताए ।
महासचिव गुरुङले नेता आचार्यलाई पार्टीको सल्लाहकारको रुपमा राख्न नसकेपनि सल्लाहकार सरह जस्तै रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले नेता आचार्यको कम्युनिष्ट आन्दोलनमा देखाएको आर्दश, मूल्य मान्यता अरुमा नभएको बताए । नेता आचार्यले राजनीतिकसंगै शिक्षण पेशा अगाल्दै समाजमा रहेका विकृति, विसङ्गतिका विरुद्ध सधै लागेको बताए ।
वेदप्रकाश आचार्यले प्यूठानका कम्युनिष्टका पाँच तारमध्ये एक तारा आचार्य रहेको बताए । उनले आचार्यले राजनीतिकसंगै शिक्षण पेशा पनि अंगालेको भन्दै पढाउदा पढाउदै बीचमा माक्र्सवादका विचारलाई विद्यार्थीलाई सुनाउने गरेको उल्लेख गरे ।
अशोकविक्रम सिंहले मेघराज आचार्यको भौतिक शरीर नभएपनि उहाँको विचरलाई अंगाल्नुपर्ने बताए ।
अक्षयकोष स्थापना
सोही कार्यक्रममा छोरा प्रकाश आचार्यले वुवा मेघराज आचार्य र आमा रमादेशी आचार्यको नाममा कैलाली र प्यूठानका दुई विद्यालयमा एक लाख ५० हजार रुपियाँका दरले छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरेको घोषणा गरे ।
कैलाली स्थित टीकापुर नगरपालिका वडा नं.३ रहेको हिमालय माध्यमिक विद्यालय घिया पुछरी तथा प्युठानस्थित माण्डवी गाउँपालिका वडा नं.३ तिघ्रामा रहेको बागेश्वरी माविमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि अक्षय कोष स्थापना गरिएको हो ।
नेकपाको चौथो महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी २०४२ सालका वमकाण्डमा तत्कालिन पञ्चायत सरकारले पक्राउ गरेपछि ९ महिना जेल जिवन विताएका थिए । त्यसपछि २०५५ सालमा प्रहरीले टीकापुरबाट पक्राउ गरि धनगढीमा नौ महिना बन्दी जिवन विताए ।
वि.सं.१९९६ साल असार ८ गते प्युठानको तिघ्रामा जन्मिएका नेता आचार्य, कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आएका थिए । २०१४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका आचार्य बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत चुनिएका थिए ।
भूमिगत कालमा नेता आचार्य, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय थिए । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर के.सी., लीलामणि पोख्रेल लगायतका नेताहरूको उनको कैलाली पुछरीमा रहेको घरमा वासस्थान हुने गर्दथ्यो ।
आचार्य ८४ बर्षको उमेरमा यहि कात्तिक ४ गते त्रिवि शिक्षण अस्पतलमा उपचारका क्रममा निधन भएका हुन । उनका तीन छोरा र पाँच छोरी रहेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्