नेप्से परिसूचकको ओरालो यात्रा जारी
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलव ७० मा सीमित भएको छ ।
ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलव ७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर रु ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैङ्क रु छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स रु चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल रु दुई करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु दुई करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।
नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलव शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलव ९६, सोल्टी होटल चार दशमलव ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव ७२ प्रतिशतले कमाएका छन् ।
यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलव ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९१, सामलिङ पावर चार दशमलव ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ७३ प्रतिशतले गुमाएका छन् । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से परिसूचकको ओरालो यात्रा जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्