मधुमेहका रोगीले के खाने, के नखाने?
मधुमेहका बिरामीले कस्तो खाना खानु पर्दछ?
– कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ । किनभने एचडिएल कोलेस्टेरोल बढी भएका तर एलडिएल कोलेस्टेरोल भने विल्कुलै न्यून भएका खानेकुरा खानु पर्दछ।
– रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।
– सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।
– दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।
– पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।
– पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ।
– सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।
मधुमेहका बिरामीले कस्तो खाना खानु हुँदैन?
– बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा खानु हँुदैन।
– पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन।
– अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन।
– सूर्तिजन्य र लागू पदार्थ सेवन गर्नु हुँदैन।
– अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन।
मधुमेहको रोकथाममा स्वास्थ्य प्रवद्र्धन ः अमेरिकामा यस वर्ष नोभेम्बर मधुमेह नियन्त्रण महिना र नेपालमा फेब्रुअरी महिनालाई आयोडिन प्रवद्र्धन महिना मनाएजस्तै नेपालमा पनि नोभेम्बरलाई मधुमेह नियन्त्रण प्रवद्र्धन महिना मनाउनु पर्दछ। किनभने आजसम्म विश्वका हरेक ३ जनामध्ये २ जनालाई मधुमेहका बारेमा जानकारी छैन।
नेपालमा मधुमेहलाई त्यति जटिल समस्याको रुपमा लिइएको पाइँदैन। तर बढ्दो सहरीकरण, पश्चिमी मुलुकको 18को देखासिकी, सन्तुलित खाद्यपदार्थको अभाव तर कुपोषित, बजारिया नक्कली खानेकुराको प्रचलनका कारण थुप्रै नेपाली मधुमेहको शिकार भएका हुन सक्छन्। त्यसकारण राजधानीका ठूला होटलमा मात्र होइन, हरेक टोल, गाउँका समुदायस्तरसम्म मधुमेह र यसको रोकथाम र नियन्त्रणमा निम्नानुसारका स्वास्थ्य प्रवद्र्धन गर्नु पर्दछः
– मधुमेह नियन्त्रण गर्न व्यायाम, दौड तथा खेलकूद कार्यक्रम गर्नु पर्दछ।
– नोभेम्बर महिनाभर मधुमेह नियन्त्रण प्रवद्र्धन महिना मनाउनु पर्दछ।
– समुदायस्तरसम्म ¥यालीको आयोजना÷कार्यक्रम गर्नु पर्दछ र यस्ता कार्यक्रममा महिलाको अत्यधिक सहभागिता हुनु पर्दछ। मधुमेह नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
– विद्यालयदेखि उच्च शिक्षास्तरसम्म मधुमेहसम्बन्धी प्रतियोगितात्मक विभिन्न कार्यक्रम आयोजना गर्नु पर्दछ।
– मधुमेह नियन्त्रणमा कार्यशाला गोष्ठी, सेमिनार तथा अन्य चेतनामूलक कार्यक्रम गर्नु पर्दछ।
– मधुमेह नियन्त्रणसम्बन्धी जनचेतना जगाउन व्यापक सूचना, शिक्षा तथा सञ्चार सामग्री वितरण गर्नु पर्दछ। साथै आम सञ्चारमाध्यममा समेत सूचना, शिक्षा तथा सञ्चार सन्देश प्रकाशन तथा प्रसारण गर्नु पर्दछ।
– यसवर्ष मधुमेह दिवसमा निलो रङलाई पछ्याउने आह्वान भएजस्तै निलो, हरियो वा पहेंलो रङको लोगो प्रयोग गरी अत्यधिक मात्रामा जनचेतना अभिवृद्धि गर्नु पर्दछ।
– मधुमेह रोकथाम तथा नियन्त्रणसम्बन्धी संघीयदेखि सम्पूर्ण स्थानीयस्तरमा स्वास्थ्य प्रवद्र्धनलाई अभियानका रुपमा चलाउनु पर्दछ।
(स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरी निर्देशक पदबाट सेवा निबृत्त) ।
क्याटेगोरी : banner, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्