Techie IT
बिहीबार, कात्तिक २७,२०८३

प्रहरीले फेला पारेको ९ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई जिम्मा लगायो


महोत्तरी : महोत्तरी प्रहरीले बाटोमा भेटिएको ९ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरीको टोलीले पेट्रोलिङका क्रममा बेवारिसे अवस्थामा कालो प्लास्टिकभित्र सडक छेउमा फेला परेको ९ लाख ५ सय ६२ रुपैयाँ स्थानीय महतो किराना पसलका सञ्चालक जगदीश महतोलाई जिम्मा लगाएको हो ।

प्रहरी अनुसन्धानले सो रकम महतोकै हो भनी एकिन भएपछि रकम हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । एक महिना अगाडि राति इलाका प्रहरी कार्यालय गौरीडाँडाको प्रहरी बिट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल पेट्रोलिङ गर्ने क्रममा सो रकम फेला पारेको कार्यालय प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

प्रहरीले पैसा गन्ने क्रममा सो पैसाको बीचबीचमा महतो किराना पसलका केही बिलसमेत भेटिएका थिए । पछि रकम महतो किराना पसलकै पैसा हुन सक्ने ठोस आधारहरू देखिएको र यसबीचमा कसैले पनि दावी नगरेपछि रकम उनकै निष्कर्षमा पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीबाहेक अरूले भेट्टाएको भए भेट्न असम्भव हुने पसल सञ्चालक जगदीश महतोले बताए । उनले २५ हजार रुपैयाँ बराबरको प्रहरी संरचना बनाइदिने घोषणा गरेका छन् । प्रहरी सर्वसाधारणको साथी मात्र होइन, गतिलो भरोसा पनि हो भन्ने विषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमानले प्रमाणित गरेको स्थानीय बताउँछन्।

 
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्