आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने
काठमाडौं। आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने भएका छन् । अब तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुला रहने भएका हुन् ।
गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको हो । जसअनुसार आजदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन् । यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन् ।
वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्