रिगलको कैद मिनाहाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतले फैसला सुनाउने
काठमाडौं । सर्वोच्च अदालतले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा आज फैसला सुनाउने भएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधवार बहस सकिएपछि आजका लागि निसु तोकेको हो ।
व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पुर्ण इजलासमा निरन्तर सुनुवाई गरि मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो ।
असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाइपछि हेर्न नमिल्ने भन्दै इजलास कात्तिक १४ गतेका लागि अर्को पेशी तोकेको थियो ।
नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगललाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्