रिगल ढकालको आफमाफी विरुद्धको रिटमा आदेश आज नआउने
काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा आज आदेश नआउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडाल रहेको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको उक्त रिटमा भोलिमात्रै आदेश आउने बताइएको छ ।
व्यक्ति हत्या अभियोग पुष्टि भएर जेल सजाय काटिरहेका रिगललाई नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । उनको आममाफीले राष्ट्रपति पौडेलसमेत विवादमा तानिएका छन् ।
रिगलले नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । व्यक्ति हत्याको अपराधीलाई आममाफी दिइएको भन्दै चेतनकी श्रीमती सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेकी थिईन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्