राजदूत पदमा सिफारिस परराष्ट्र सचिव भरतराज पौडेलको सुनुवाई प्रक्रिया सुरु
काठमाडौँ। संसदीय सुनुवाइ समितिले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको लागि गैर आवासीय राजदूतमा सिफारिस हुनु भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।
संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बसेको बैठकले सूचना जारी भएको मितिले १० दिनको समयावधि तोकेर उजुरी माग गर्ने निर्णय गरेको हो ।
समितिले सर्वसाधारणलाई जानकारी दिने र राजदूतमा सिफारिस भएका व्यक्ति नियुक्त हुन अनुपयुक्त लागेमा उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णय गरेको छ ।
यही कात्तिक ७ गते बसेको मन्त्रीपरिषद्को बैठकले इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशन (ICAO) का लागि स्थायी प्रतिनिधि समेत रहने गरी क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको लागि गैर आवासीय राजदूतमा सिफारिस गरेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्