स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ
सुनसरी । मोरङको विराटनगर–६ बाट स्रोत नखुलेको रकम सहित एक बालक पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैँया नगद २१ लाख ८७ हजार सहित उनलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।
बालकको साथबाट नेपाली रुपैँया १००० दरको १६८७ थान र ५०० दरको १००० थान नगद, बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको एक थान चेकबुक , रन्जित कुमार साहको नाममा रहेको एनआइसी एसियाको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको एक थान चेक, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा१६ लाख ६९ हजार ५ सय रुपैँया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेका जनाएको छ ।
स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्