राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ ।
आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो ।
त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । गत आइतबार बिहान नेपाल आउनु भएका गुटेरेसले सोही दिनदेखि भ्रमणको औपचारिक कार्यक्रम शुरु गर्नुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीसंग भेटवार्ता गरी शुरु भएको गुटेरेसको भ्रमण संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेर सम्पन्न भयो ।
जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली क्षेत्रका देशहरुमा पु¥याएको असरको अवलोकन गर्न महासचिव गुटेरस सगरमाथा आधार क्षेत्र स्याङ्बोचेदेखि अन्नपूर्ण आधार क्षेत्रसम्म पुग्नुभयो ।
विश्वमा प्रसिद्ध यी दुई हिमाली क्षेत्रबाट महासचिव गुटेरेसले जलवायु परिवर्तन घातक बनिसकेको सन्देश विश्वलाई दिनुभएको छ ।
महासचिव गुटेरेसको भ्रमणले नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भए वापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै शान्तिका अग्रदूत भगवान वुद्धको जन्मस्थल लुम्बिनी पुगेर उहाँले विश्वमा युद्धरत् र द्वन्द्वरत् पक्षहरुलाई शान्तिको मार्ग अवलम्बन गर्न पनि आह्वान गर्नुभयो ।
नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका गुटेरसले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न थप प्रोत्साहन पनि गर्नुभएको छ । साथै त्यसका लागि नेपाल एक्लो नरहेको सन्देश पनि उहाँले दिनुभएको छ ।
संसदबाट नेपाललाई विश्वको मित्र भनेर गुटेरेसले विश्व समुदायसामु नेपालको छवि उजागर गर्ने सन्देश पनि दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्