एमालेको चियापान आज
काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
बडादसैँ, तिहार, नेपाल संवत् ११४४ तथा छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ ।
चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम यसअघि कात्तिक १४ गतेका लागि तय गरिएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम एक दिन पछि सारिएको थियो
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##Bearking, #एमालेको चियापान आज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्