१८ वर्ष नाघेका बन्दीलाई बालसुधार गृहमा छुट्टै राख्ने तयारी
१४ कात्तिक, काठमाडौं । सरकारले १८ वर्ष नाघेका बन्दीलाई बालसुधार गृहमा छुट्टै राख्ने तयारी गरेको छ ।
गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बाल सुधारगृहमा सबै उमेर समूह एकै ठाउँमा रहन्छन् । यही कारण बालसुधार गृहमा झडप लगायतका घटना बढेको निष्कर्षसहित १८ वर्ष नाघेका बन्दीलाई छुट्टै राख्ने तयारी गरिएको भट्टराईले बताए ।
मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटना’का सम्बन्धमा छलफल थियो ।
छलफलमा सहसचिव भट्टराईले १८ वर्ष नाघेका बन्दीलाई छुट्टै राख्ने तयारी अगाडि बढाएको जानकारी दिए । उनका अनुसार बालिग हुनु अगाडि नै अपराध गरेकाहरुले बागि भइसकेपछि पनि वाल सुधार गृहमै रहेर कैद भुक्तान गर्ने कानुनी व्यवस्था छ ।
यस्तो व्यवस्थाका कारण बाल सुधार गृहमा २६ वर्ष सम्मका बन्दीहरु रहने अवस्था बनेको उनको भनाइ छ । १८ वर्षदेखि २२/२३ वर्ष उमेर समुहका बन्दीले वाल सुधार गृहमा सुधार गृहको नियम उल्लघन गर्ने प्रवृति बढेको निष्कर्षमा सरकार पुगेको र सोही अनुसार व्यवस्थापनको कार्य अगाडि बढाइएको उनले जानकारी दिए ।
सहसचिव भट्टराईका अनुसार पहिलो चरणमा बाँकेमा १८ वर्ष नाघेका वाल वन्दीहरुलाई राख्ने गृहकार्य अगाडि बढेको छ ।
१८ वर्ष नाघेकालाई छुट्टै बाल गृहमा राख्ने र कानुनमा सुधार गरेर कारागारमै पठाउने भन्ने विषयमा छलफल चलिरहेको पनि उनले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्