वीरगंज महानगरपालिका–१८ भवानीपुरमा आगलागी, लाखौँको क्षति
वीरगंज । गएराती करिब ११ बजे वीरगंज महानगरपालिका–१८ भवानीपुरमा आगलागी भएको छ । भवानीपुरमा रहेको अंकिता ट्रेड इन्टरनेशनको स्क्रेप गोदाममा आगलागी भएको हो । 
अचानक रातमा आगलागी भएपछि चारवटा वारुणयन्त्रको सहयोगमा आगो निभाउने प्रयास भएको थियो । वारुणयन्त्रबाट आगो निभाउन कठिनाइ भएपछि थप दुईवटा जेसीबीको सहयोग लिनु परेको स्थानीय दिलीप पटेलले जानकारी दिए ।
चारवटा बरूणयन्त्र, दुईवटा जेसीबी, जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय सुगौली बिर्ता लगायत स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट गोदाममा रहेको ड्रम, स्क्रैप, अफिसको कम्प्युटर, कागजात, फर्निचर, दराज लगायतको समानहरू जलेर करिब ९५ लाख बराबरको क्षति भएको कम्पनीका सञ्चालक ओमप्रकाश पटेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्