‘कलामा महिला’ नारासहित गायिका सज्जा चौलागाईंले चढिन् जुगल हिमाल
काठमाडौं । ‘कलामा महिला सहभागिता’को सन्देश दिंदै गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् । आरोहीको एक टोलीसहित उनी गत मंगलबार विजयादशमीकै दिनमा चुचुरोमा पुगेकी हुन् ।
चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छ‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो । मानव हुनुको आधारभूत भाग हो । ‘कलामा महिलाहरु’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु,’ उनले लेखेकी छन् ।
महिलालाई प्रोत्साहन गर्ने आफ्नो सपना देखेको चर्चा गर्दै उनी लेख्छिन्, ‘महिला भएको नाताले मैले सधैं अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरें । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’
सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन् । गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेता समेत रहेकी सज्जा पछिल्लो समयकी व्यस्त गायिका हुन् । यसअघि गायक राजु लामाले जलवायु परिवर्तनको सन्देश दिन भन्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ## सज्जा चौलागाईंले, ##Bearking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्