कम्बोडियामा तीन हजार करोड लगानी गरेका पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु : केपी ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ ।
एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफू र एमालेलाई बदनाम गर्न विदेशमा लगानी गरेको अफवाह फैलाएको दाबी गर्नुभयो । आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’ को संज्ञा दिँदै ओलीले आपूm र श्रीमतीका नाममा रहेको सबै सम्पत्ति समेत दान गरिसकेको दाबी पनि गर्नुभयो ।
एमालेले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हालेर अपराध नगर्ने पनि उहाँको भनाइ थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब रुपैयाँ बराबरको लगानी गरेको आरोप लगाउनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्