नेपालले आज मलेसिया विरुद्ध खेल्दै
काठमाडौं।आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा नेपालले आज मलेसिया विरुद्ध खेल्दैछ । समुह एको यो खेल दिउसो साढे १ बजे किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आजको खेलमा जित निकाले सेमिफाइनल नजिक पुग्नेछ । आजै कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स यूएई भिड्नेछन् ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित दर्ता गरेको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
सिंगापुर विरुद्ध नेपालका अविनास बोहराले ३ र संदिप लामिछाने, गुलसन झा र करण केसीले समान २-२ विकेट लिए । यसैगरी अर्को खेलमा मलेसियालाई ३२ रनले हराउदै ओमान विजय हुदा समूह बी मा बहराइनलाइ युएइ ५ विकेटले हरायो ।
फाइनलको विजेता र उपविजेता विश्वकप खेल्न छनोट हुनेछन् । आइसिसी टि-२० विश्वकप सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्