अन्तिममा बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ६९ करोड ४२ लाखमा खुम्चियो
समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो ।
कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिएको छ । कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चियो । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।
होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे ।
पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५.८ प्रतिशत बढ्यो ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्