टि–ट्वेन्टी विश्वकप क्रिकेट: सिंगापुरमाथि नेपालको जीत
काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको छ ।
आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो ।
सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो ।
टियु क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो ।
सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको हो ।
आठ टोली सहभागी प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली टि–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट हुनेछन् ।
टि–ट्वेन्टी विश्वकप क्रिकेट अर्को वर्ष जुन ४ देखि ३० तरिखसम्म अमेरिका र वेष्ट इंडीजमा आयोजना हुनेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #टि–ट्वेन्टी विश्वकप क्रिकेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्