कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर
१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् ।
विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको सो सेयर खरिद गरेका हुन् ।
कान्तिपुर सहकारीका अध्यक्ष समेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५६१ र नारायणप्रसाद रिमालको ६६ हजार ८८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् ।
क्याटेगोरी : banner, bannernews, अर्थ, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्