राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाँदै
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्दै हुनुहुन्छ ।
हिजो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्न लाग्नुभएको हो ।
जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे जाँदै हुनुहुन्छ । त्यहाँ उहाँले स्थानीय बासिन्दासँग पनि छलफल गर्ने कार्यक्रम छ ।
सोलुखुम्बुबाट काठमाडौं फर्केर गुटेरेस ललितपुरस्थित यू।एन हाउसको कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ ।
भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नुहुनेछ ।
लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउसो चार बजे उहाँले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ ।
कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । उहाँ नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्