एनआरएनएको बैंक खाता रोक्का गर्न निवेदन आरके शर्माद्वारा परराष्ट्रमा आधिकारिकताका लागि कागजात पेश
काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । निबर्तमान कोषाध्यक्ष एबं बर्तमान सचिव दाहालले केही बैंकका खाटाहरु बन्द भएको र अन्य बैंकहरुमा पत्राचार भएको बताए । यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।
बैंकहरुलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिक रुपमा समेत भनेका छौँ’, उनले भने ।
आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्यसञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । उनले सीईओसहितका कर्मचारीहरुसँग छलफल समेत गरेका छन । सो क्रममा शर्माले संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।
भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको बताए । ‘संघको आधिकारिक बैंक खातामा रहेको पैसा आफूखुशी चलाउन पाइँदैन । विधि र प्रक्रिया पुरा गरिसकेपछि हामी त्यसलाई पुनःसंचालनमा ल्याउँछौं । कार्यालयको सचिवालय पुनसंरचना गरी व्यवस्थित ढंगले चलाउँछौं । स्वघोषित अवैध समितिले सचिवालय र बैंक खातामा हस्तक्षेप गर्ने प्रयास गरे त्यो किर्ते र अवैधानिक हुनजान्छ ,’ अध्यक्ष शर्माले भने ।
आईतवार अध्यक्ष आरके शर्मा,उपाध्यक्ष खगेन्द्र न्यौपाने,गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी,उपमहासचिव सोम सापकोटा,सचिव लोक दाहाल,युरोप संयोजक चिन्तामणि सापकोटा,सहसंयोजक भिमसेन थापासहितका पदाधिकारीहरु एनआरएनए अफिस पुगेका थिए । उनिहरुले एनआरएनए अफिसका कर्मचारीहरुलाई कसैको लोभ लालचमा नपरि आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन । शर्माको नेतृत्वमा मुख्य कार्यालय पुगेको टोलीले एनआरएनएको आधिकारिक नेतृत्व आफूहरुको भएकाले आफुहरुसँग सल्लाह लिएर मात्रै थप कार्य गर्न सीईयो राउत,आईटी प्रमुख महेश श्रेष्ठलाई निर्देशन दिएका छन । उनिहरुले कर्मचारीको गलत प्रबृतीका कारण पनि समस्या खडा भएकाले अव आईन्दा गल्ति नदोहोर्याऊन चेतावनी दिदै कसैको उक्साहटमा लागेर काम नगर्न चेतावनी दिएका छन । उपस्थित एनआरएनएका नेताहरुले एनआरएनए मुख्य कार्यालयमा धेरै ठुलो भस्ट्राचार र मनोपोली रहेको जनाउदै अनावस्यक खर्च नगर्न निर्देशन दिए । उनिहरुले केही दिन पहिले सोल्टी होटलमा भएको अधिवेसनमा पनि ठुलो गडबड भएको जनाउदै कार्यालयमा अनाबस्यक बोन्सर तत्काल हटाई खर्च घटाउन भनेका छन । उनिहरुले बिश्वमा रहेका नेपालीहरु बाट संकलित रकमको दुरुप्रयोग गर्नेलाई छुट नहुने बताए ।
शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक डकुमेन्टहरु पेश गरेका छन् ।
आफूहरुले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाणहरु हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिट्टै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए । राईले धाँधली भएको कुरा विभिन्न माध्यमबाट आएको भन्दै मन्त्री एनपी साउदसँग परामर्श गरेर नियमसंगत ढंगले अघि बढ्ने कुरा बताएका छन ।
अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी पेश गरेको हो ।
उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली समेत पेश गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्