राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा विश्व शान्ति र नेपालको शान्तिप्रक्रिया, जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस्तै,महासचिव गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौं आइपुगेका हुन्।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्