चोर समात्न हिँडेका प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु
बारा । मोटरसाइकल चोर समात्न ड्युटीमा खटिनुभएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ,बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहनुभएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शनिबार राती ७ : ३० बजेको समयमा, निजगढ नगरपालिकाबाट वडा नं. ८ बाट मोटरसाइकल चोरी गरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ काँठगाटतर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा चोरको खोजतलास गर्न निस्किएका प्रहरी जवान सुनुवार आफै दुर्घटनामा पर्नुभएको हो ।
चोरको पिछा गर्नुभएका सुनारको मोटरसाइकल राती १० : ३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका.१६ ग्रिन लाइट होटल अगाडी दुर्घटना परेको प्रहरीको भनाई छ ।
सुनारले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा घाइते प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारको लागी एलएस न्युरो अस्पतालमा लगिएकोमा उपचारको क्रममा राती १२ः१५ बजे मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्