बाराको सिमरा चोकमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते
कलैया, १२ कात्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
गएराति चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा भारतको मोतिहारी बस्ने २७ वर्षीय मुकेश साहको बयोधा हस्पिटल गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कलैया उपमहानगर-२० बस्ने ४५ वर्षीय वीरबहादुर महतो र पर्सा वीरगञ्ज महानगर-८ बस्ने ३० वर्षीय सुरज साह कानु गम्भीर घाइते भएका छन् ।
यसैगरी, दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने १८ वर्षीया प्रीया गुप्ता, १६ वर्षीया मनिषा साह, वीरगञ्ज महानगर-१२ बस्ने सुनिल कुमार गुरुङको छोरी २३ वर्षीया सेजल गुरूङ घाइते भएकी छिन् ।
दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने ५२ वर्षीय ललन चौरसिया, सोही महानगरको १२ बस्ने २७ वर्षीय राजन कुमार गुप्ता, वीरगञ्ज महानगर-८ बस्ने २८ वर्षीय मोहन साह कानु, बारा कलैया उपमहानगर-७ बस्ने १८ वर्षीय प्रसाद गुप्ता, कलैया ७ बस्ने ३५ वर्षीय अविनाश गुप्ता र बस सहचालक जीतपुरसिमरा उपमहानर-२ बस्ने १९ वर्षीय अनिष राई घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको बयोधा हस्पिटलमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । बस चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##braking news
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्