दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै
काठमाडौं, १२ कात्तिक । दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष जङ्गबहादुर सिंहले बताए ।
उनका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५ रुपियाँ मूल्य घटाएर किलोको ३७५ गरिएको छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो ।
मूल्य अझ कम हुन्छ, उनले भने, “हामीसँग बढी भएको कुखुरा बेच्नका लागि अझै मूल्य घटाउनु परे घटाउँला तर बढी भएको कुखुरा बेच्नुपर्ने बाध्यता आइसकेको छ ।” अघिल्लो वर्षको दसैँमा देशभर दैनिक १२ लाख किलो कुखुराको मासु बिक्री भएको थियो भने यस पटक छ लाख किलो कटाउन पनि मुस्किल भएको अध्यक्ष सिंहले बताए ।
दसैँमा बिक्री हुन्छ भनी पहिलादेखि तयारी गरेर राखेका थियौँ तर आधा पनि बिक्री भएन, उनले भने, “बिक्री नभएको कुखुरा कसरी खपत गर्ने भनी किसान तथा व्यवसायीलाई चिन्ता थपिएको छ, बढी भएको कुखुरा खपत गर्न बाध्यता छ, बिक्री भएन भने त्यसलाई पुर्नुपर्ने अवस्था आउन सक्छ ।”
कुखुराको मासु खपत गर्ने कतिपय रेस्टुरेन्ट, होटल, होस्टल, चमेनागृह बन्द भएका छन् । आर्थिक मन्दीका कारण उपभोक्ताले विगतको भन्दा कम मासु खाएका छन् भन्दै उनले यस्तो अवस्था रहिरहने हो भने धेरैको टाट पल्टिने अवस्था आउन सक्ने बताए । व्यवसायीले बैङ्कबाट लिएको ऋणको ब्याज बढ्दै छ, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढ्याबढ्यै छ, यस अवस्थामा बिक्री कम हुनुले किसान तथा व्यापारी निकै मर्कामा परेको उनले बताए ।
कुखुरापालन व्यवसायमा करिब १८ लाख किसान संलग्न छन् । हप्तामा ४५ लाख चल्ला उत्पादन हुने गरेको थियो, अहिले त्यो घटेर २४ लाखमा पुगेको छ । किसानले अहिले जिउँदो कुखुरा प्रतिकिलो २०० सय रुपियाँमा व्यवसायीलाई बिक्री गर्दै आएका छन् । सोही कुखुरा व्यवसायीले खुद्रा बजारमा ४०० देखि ३९० सम्ममा बिक्री गरिरहेका छन्
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्