परराष्ट्रमन्त्रीलाई भेटेपछि निराश भएर फर्किए बद्री केसी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएसँगै आफूलाई अवैध रुपमा अध्यक्ष घोषणा गरेका बद्री केसी परराष्ट्र मन्त्री एनपी साउदलाई भेट्न पुगेका छन् । उनी आफ्नो समूहका प्रतिनिधिमण्डलसहित शनिबार साउदलाई भेट्न निवासमै पुगेका हुन् ।
तर भेट सकारात्मक हुन नसकेको एक पदाधिकारीले जानकारी दिए । उनले आफूले सही ढंगले निर्वाचन गराएको भन्दै गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन पछि उत्पन्न परिस्थितीबारे मन्त्रीलाई जानकारी गराका थिए ।
तर, साउदले धाँधलीको कुरा आएकाले यसबारेमा आफू अध्ययनमा रहेको केसीलाई बताएका थिए । सो क्रममा उनले मन्त्रालयमा आरके शर्माले आधिकारिकताका लागि निवेदन दिएकोबारे आफ्नो कुरा राखेका थिए ।
मन्त्री साउदले गैरआवासीय नेपाली संघको अभियान आफ्नो उद्देश्यअनुरुप अघि बढ्न नसकेको भन्दै गम्भीर बन्न केसीलाई सुझाव दिएका थिए । साउदले विवाद समाधान नगरी के कति कारणले विजयी घोषणा गर्दै शपथ लिने काम भयो भन्दै प्रश्न गरेका थिए । तर केसीले स्पष्ट जवाफ नदिइ कुनै धाँधली नभएको भन्दै अअडान राखिराखेका थिए । मन्त्री साउदले यसबारे आफूले छिट्टै निर्णय लिने भन्दै केसीलाई दवावमा राखेपछि उनी निराश हुँदै फर्किएको ती पदाधिकारीले भने ।
‘मन्त्रीज्यूको कुरा सकारात्मक रहेन । आ–आफ्नो कुरा राख्नुबाहेक अरु कुरा हुन सकेन’, उनको भनाइ थियो ।
शुक्रबारमात्रै आरके शर्माले आधिकारिकताको दाबी गर्दै मन्त्रालयमा निवेदन दिएका छन् । निवेदनमा विधानअनुरुप विश्व सम्मेलन गरेर आफू अध्यक्ष चयन भएको प्रमाणसहितको डकुमेन्ट पेश भएको छ । यसलगत्तै केसीले मन्त्रीलाई भेटेपनि सकारात्मक जवाफ नपाएका हुन् ।
केसीले भेरो अनलाइन भोटिङ सिस्टम ह्याक गरेर आफूअनुकल नतिजा पारेको आरोप छ । यसबारेमा अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको रिपोर्ट दिइसकेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्