दशैमा आशिर्वाद दिने मन्त्रको अर्थ के हो ?
यस्तो छ महिला र पुरुषको फरक फरक मन्त्र
सामान्यतया दर्शै शब्दको अर्थ अंक १० बाट श्रृजित हो । दश अंक “१” प्रकृतिमा “०” प्रत्यय थपेर बनेको हो । १० अंकले प्रकृति एक नहुने हो भने ० ले कुनै अर्थ राख्दैन । गाउमा प्राय मानिसहरु १० महिनासम्म खेती गर्छन । यसरि काम गर्दा आराम र मनोरञ्जन पनि आबश्यक पर्दछ ।
यदि यसो नगर्ने हो भने विरामी भईन्छ र स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । दश महिना काम गरेर प्रकृति धर्तीमाता र प्रत्यय मनुस्यले बिश्राम लिने अबसरको रुपमा दशै सुरु भएको हो भन्ने मत एकथरि विद्वानहरुको छ भने अर्का थरी बिद्वानले शक्तिको आराधना नबौ दिनसम्म गरिने र दशौँ दिन प्रसाद स्वरुप टीका तथा जमरा लगाईने भएर दशैँ भनिएको हो पनि भन्ने गर्दछन । प्रश्न उठ्छ धर्तीमाताले कसरी बिश्राम लिन्छिन त ? दशैको समयमा मान्छेले खेतिबाली लगाउदैनन् । लगाएको खेतिबाली फल्न र फुल्न सुरु गरेको हुन्छ यो भनेको धर्तीले विश्राम लिएको हो भन्ने गरिन्छ ।
ईतिहाँसको गतिसंगै दशैको नाम बद्लिदै बदलिदै आएको हो । हिन्दु आदीम ग्रन्थ क्रगबेदले यो दशैलाई बशन्त संपात भनेर उल्लेख गरेको भेटिन्छ भने दशैंमा शक्तिको आराधना गर्ने र कालरात्री देवीलाई बली दिई प्रसाद स्वरुप मासु ग्रहण गरिने भएकाले विशेष मासु खाने पर्वको रुपमा चिनिएको हो भन्ने कुरा विद्वानहरु बताउछन ।
दशैंलाई वडा दशैं, नवरात्र, दशहरा जस्ता विभिन्न नामले चिन्ने गरिन्छ । यो चाड हिन्दु नेपालीहरुको विशेष र प्रमुख चाडको रुपमा मान्ने चलन रहिआएको छ । असोज महिनाको शुक्ल प्रतिपदा देखि नवमिसम्म शक्तिको आरधना गरी दशौ दिन प्रसाद स्वरुप टीका तथा जमरा मान्यजनको हातबाट लगाई अशिर्बाद लिने सर्वमान्य चलन छ । असोस सुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म प्रत्येक दिन फरक–फरक देवीको आरधना हुने गर्दछ । सप्तसति चण्डि ग्रन्थका अनुसार:
प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति छ ।
सप्तमं कालरात्रीति माहागौरीति चाष्टमम् ।।
नवमं सिध्दिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
अर्थात प्रथम दिनदेखि नबौ दिनसम्म क्रमस शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, माहागौरी, सिध्दिदात्री देबीहरुको पुजा तथा आराधना गर्ने कुरा हिन्दु ग्रन्थले हामिलाई बताउछ । शक्तिको आराधना गर्नेहरुको लागी यो समय उत्तम मानिन्छ । यो अवसरमा त्रिशक्ति महाकाली, महासरस्वती, महालक्ष्मीको बिशेष आरधना गर्ने गरिन्छ । विजया दशमीको दिन भगवती देवीले आसुरी शक्तिलाई पराजय गरेको र रामले रावणसंग विजय हाशिल गरेको भन्ने मान्यता अनुसार बिजय उत्सव स्वरुप टीका तथा जमरा लगाईन्छ भन्ने मान्यता छ । यो पर्वलाई असत्य माथि सत्यको बिजय स्वरुप लिने गरिन्छ ।
दशमीको दिन पुरुष र महिलालाई फरक फरक बैदिक मन्त्र उच्चारण गरेर ठुलाले सानालाई देवीमाताको प्रसादको रुपमा टीका लगाईदिने चलन छ ।
पुरुषलाई आसिर्बादीने मन्त्र:
ॐआयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यो मन्त्रको अर्थः द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो सत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायुको जस्तो गति होस, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झै दानी होस, भीमको जस्तो वल होस, युधिष्ठिर जस्तो सत्यवान होस, विदूरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति रहोस । भन्दै मान्यजनले टिका तथा जमरा लगाउने चलन छ ।
महीलालाई आसिर्बाददीदा भन्ने मन्त्रः
ॐजयन्ती मङ्गलाकाली,भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,स्वाहा स्वधा नमोऽस्तुते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जया बर्वगते देवि कालरात्रि नमोस्तुते ।।
अर्थात ः तिनै शक्ति जसमा सम्पूर्ण संसारलाई नै जित्न सक्ने सामथ्र्य छ, जसमा हरेक अन्धकारको निदान गर्ने सामथ्र्य छ, समयको गतिभन्दा पर रहेकी अनि हरेक प्रकारका दुख तथा पिडाको निदान गर्न सक्ने ।
जगतको रक्षा गर्ने हे देवी तिम्रो जय होस, हामी तिमीलाई नमन गर्दछौं । हे कालरात्री तिमिलाई नमस्कार छ भन्दै महीलालाई देवीकै स्वरुप मानेर आसिर्बाद दिने चलन छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दशैमा आशिर्वाद दिने मन्त्रको अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्