Techie IT
बिहीबार, कात्तिक २७,२०८३

विप्लव पार्टीका प्रवक्ता धर्मेन्द्रले चलाएको गाडीको ठक्करबाट एकजनाको मृत्यु


कात्तिक । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको हो ।

बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #धर्मेन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्