एनआरएनएको अध्यक्षमा डा. बद्री केसी विजयी
काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा डा। बद्री केसी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा डा। केसी १ हजार ३७८ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्रकुमार शर्मा आरकेले १ हजार २८१ मत, महेशकुमार श्रेष्ठले १ हजार २२५ मत र रविना थापाले ४७ मत पाए ।
यसैगरी, महासचिवमा गौरीराज जोसी दुई हजार ३७ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा डा। विनोद श्रेष्ठ, डा। हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् ।
युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचि भएका छन् भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एनआरएनएको अध्यक्षमा डा. बद्री केसी विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्