गोर्खाली रग्वी क्लबद्वारा दशैँ शुभकामना आदानप्रदान
ललितपुर – हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै गोर्खाली रग्वी क्लबले बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
क्लवले बिहीबार बगैंचा रेस्टुरेन्ट एन्ड बार जाउलाखेलमा सम्पूर्ण पदाधिकारी , सदस्यहरु लगायत जमघट गराएर शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक भेटघाट, सर्टिफिकेट वितरण, भावी योजना लगाएको बिषयमा छलफल गदै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बिशिस्ट अतिथि , अन्य अतिथि लगाएतको सहभागीहरुले दशैं तथा दीपावलीको अवसरमा नेपाली–नेपालीबीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए ।
चाड पर्वहरुको खुशियाली र महत्त्वलाई कायमै राख्दै तथा आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउने उदेश्य ले उक्त कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रोहित कार्कीले बताए ।
नेपालमा गोर्खाली रग्वी क्लबले भविष्यमा गाउँ गाउँ देखी सहर सम्म रग्वी खेलको विकासको लागि गोर्खाली रग्वी क्लबले सधै नेपाल रग्वी संघ संग सहकार्य गरेर खेल र खेलाडीको विकासमा निरन्तर लागि रहनेका साथ आउदो जनवरीमा गोर्खाली नेशनल सेभेन प्रतियोगिता आयोजना गर्न लागिएको सचिव प्रेम कोइरालाले जानकारी दिनुभयो ।
नेपाल रग्वी संघको महासचिव गोविन्द घिमिरेको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकारहरू रबिन्द्र श्रेष्ठ ,दिलिप श्रेष्ठ , बिष्णु थापा ,गोबिन्द पाैडेल क्लबका कानुनी सल्लाहकार गोबिन्द राज न्याैपाने कर्णाली रग्वी प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँर क्लबका उपाध्यक्ष कृष्ण थापा , कोषाध्यक्ष श्रीराम श्रेष्ठ क्लबका पदाधिकारीहरू , खेलाडी ,सदस्यहरु लगायत उपस्थिति थियोे ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्