नेता, कार्यकर्तालाई अनुशासित हुन केपी ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ ।
पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
पार्टी निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उश्रृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढने बताउनुभयो ।
अध्यक्ष ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भुतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने समेत बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुकमा समस्याहरु रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भईरहेको दाबी समेत गर्नुभयो । उहाँले एमालेले मुलुकको समस्या समाधानका लागि सिंगो शक्तिलाई परिचालन गरिरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्