सुचना प्रबिधिको प्रयोग र उपभोक्ता अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम
तराई बिकास तथा संचार केन्द्र ,नेपालको आयोजना तथा नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा कुपोन्डोलस्थित होटल हिमालयमा आज सुचना प्रबिधिको प्रयोग र उपभोक्ता अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापती तराई बिकास तथा संचार केन्द्र ,नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईं हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथि संसदिय बिकास तथा सुचना प्रबिधी समितिका सभापति कल्यानी खड्का हुनुहुन्थ्यो ।
यसैगरी कार्यक्रममा अतिथिहरु प्रधानमन्त्री (केपी ओलि ) का प्रेस सल्लाहकार डा. कुन्दन अर्याल,सुचना तथा प्रबिधि मन्त्रालयका महाशाखा प्रमुख बिरेन्द्र कुमार मिश्र, नेपाल सडक बिभागका डिजि केशव कुमार शर्मा,काठमान्डाै बिश्वबिधालयका सुचना प्रबिधि प्रमुख डा. मनिष पोखरेल,पुल्चोक इन्जिनियरीङ क्याम्पसका प्रा.डा. सुबर्ण शाक्य,आइसप्यानका अध्यक्ष भोजराज भट्ट,क्यानका बरिस्ठ उपाध्यक्ष नबराज कुवर र सिआइबी प्रहरिका तर्फबाट डिएसपी खुमलाल भुसाल लागायतका हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रमुख अथिती रहनुभएका संसदिय बिकास तथा सुचना प्रबिधी समितिका सभापति कल्यानी खड्काले दुरगम क्षेत्रमा संचारको बिकासको लागि राज्यले, सेवाप्रदाय सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैगरी उहाँले आफू सभापति रहेको बिकास समिती सबैको साथी हो। यसैले सबैखाले समुदायमैत्री बनाउन यो समिति लागिरहने पनि बताउनुभयो ।
उहाँले अब बन्ने हरेक आयोजनाहरुमा यो सरकारले दीर्घकालीन गुरुयोजना बनाएर अत्यन्त जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने पनि बताउनुभयो । पुर्व तयारी बिना गरिनेकाम समयमा नसकिने,कति समय टीक्ने केही भन्न सकिदैन उहाँले बताउनुभयो।

यसैगरी उहाँले प्रबिधिको बिकास छिटो-छिटो गर्नुपर्ने,अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने,कार्यनयन गर्नुपर्ने र प्रयोगकर्ताहरुलाइ सेवा दिनकालागी उत्कृष्ट नितिनियम बनाउनुपर्नेमा पनि जोड दिनुभएको थियो। यसैगरी कार्यक्रममा सुचना तथा प्रबिधि मन्त्रालयका महाशाखा प्रमुख बिरेन्द्र कुमार मिश्र,नेपाल दुरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे,नेपाल सडक बिभागका डिजि केशव कुमार शर्मा,काठमान्डाै बिश्वबिधालयका सुचना प्रबिधि प्रमुख डा. मनिष पोखरेल,पुल्चोक इन्जिनियरीङ क्याम्पसका प्रा.डा. सुबर्ण शाक्य, क्यानका बरिस्ठ उपाध्यक्ष नबराज कुवर,आइसप्यानका अध्यक्ष भोजराज भट्ट र प्रबिधि बिज्ञ दिलिप अग्रवाल लगाएतले आ-आफ्ना धारणाहरु राख्नुभएको थियो।
कार्यक्रमको सभापती रहनु भएका तराई बिकास तथा संचार केन्द्र ,नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो भने नेपाल दुरसंचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले प्राधिकरणका तर्फबाट आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको संचालन दुर्गा प्रसाद चौलागाईंले गर्नुभएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #सुचना प्रबिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्