एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल
काठमाडौं। गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि गैरआवासीय नेपाली संघ को ११औं महाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा प्रतिनिधिहरुलाई उपाध्यक्षमा उम्मेदवारी दिएको लगतै केसीले आफूलाई बहुमतले विजयी गराउन भोट अपिल नै जारी गरेका छन्। केसीले गरेको भोट अपिलमा भनिएको छ–”एनआरएनएको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छु । हामी सबैको चाहनाअनुरुप हुन लागेको यो निर्वाचनमा यहाँहरु सबैको संलग्नता रहने कुरामा म आशावादी छु ।
वर्तमान कार्यसमितिमा यहाँहरुको चाहनाअनुसार म उप–महासचिव पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर २०२३–२५ का निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेको जानकारी गराउन पाउंदा अत्यन्त गौरबता महशुश गरेको छु। गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा प्रतिनिधिज्युहरूमा सल्लाह सुझाव सहित यस निर्वाचनमा मलाई सधै जस्तो यहाँहरुको माया, साथ र सहयोगको अपेक्षा लिएको छु र यहाँहरुले आफु र आफ्ना हितैषीहरुबीच प्रचारप्रसार तथा अमुल्य मतदान गरी सहयोग गरिदिन हुन विनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु।” यसक्रममा भोट अपिल गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए ।
उनले अगाडि बताए–”विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।”
क्याटेगोरी : समाचार
ट्याग : #गणेश केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्