Techie IT
आईतबार, भदौ २१,२०८३

नेपाललाई दोस्रो सफलता, करण केसीले लिए विकेट


काठमाडौं : त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत युएईसँगको खेलमा नेपालले दोस्रो विकेट लिएको छ। मूलपानी रंगशालामा भएको खेलमा तेस्रो ओभरमै करण केसीले दोस्रो विकेट लिएका हुन्।

 

केसीले युएईका अलिसान सराफुलाई आउट गरेका हुन्। करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन्। अहिले युएई ३.२ ओभरमा १३ रन बनाएर खेलिरहेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टीट्वेन्टी शृंखला आयोजना गरेको हो।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्