गौरका एक युवकको बिहारमा गोली हानी हत्या
रौतहट : रौतहटस्थित गौरका एक युवकको भारतको बिहारको रामगढवा बजारमा गोली हानेर हत्या भएको छ । भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढवामा मंगलबार गौरनगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो
रामगढवा बजारस्थित शिवशक्ति राइस एन्ड फ्लोर मिलमा हिसाब किताबको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान प्रहरीको छ ।
भारतको मुजफ्फरपुरबाट मिलको रकम संकलन गरी फर्किरहेका सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका थिए ।
गोली सिंहको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको मृतकका नातेदार गौर नगरपालिका- ९ का वडाध्यक्ष अर्जुन सिंहले बताए। उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेको छ।
लुटेरा समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले घटनाको पुष्टि गरेका छन् । मृतकको शव मंगलबार साँझ परिवारलाई जिम्मा लगाइएको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्