उपसमितिको कार्यावधि कात्तिक २० गतेसम्म थप गर्ने समितिको निर्णय
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
उपसमितिका संयोजक देवेन्द्र पौडेलको आग्रहमा समितिका सभापति भानुभक्त जोशीले आज बसेको बैठकमा गर्नुभएको समय थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीचको विवाद समितिसम्म आइपुगेपछि थप अध्ययनका लागि गत भदौ २५ गते बसेको समितिको बैठकले देवेन्द्र पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
बैठकमा सांसदहरुले विद्यालय शिक्षा विधेयक लगायतका विधेयकमाथि समितिले दफावार छलफल गर्नुपर्ने कार्यतालिका बनाउन सुझाव दिनुभयो ।
बैठकले एमबिबिएस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गर्ने र यसका लागि सुमना श्रेष्ठको संयोजकत्वमा विद्या भट्टराई र ज्ञानु बस्नेत सुवेदीलाई अध्ययन गर्ने जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : tags, समाचार
ट्याग : ##Bearking, #उपसमितिको कार्यावधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्