सात घण्टापछि कोसी राजमार्ग खुल्यो
धनकुटा : स्थानीय प्रशासनद्वारा पक्राउ गरिएका पहिचानवादी नेताहरुलाई रिहाइ नगरेको भन्दै आह्वान गरेको बन्द सात घण्टापछि खुलेको छ । स्थानीय प्रशासनसँग भएको छलफलमा पहिचानवादी नेताहरु रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आह्वान गरेको बन्द खुलेको हो ।
समन्वय समितिका संयोजक सञ्जयसन्तोषी राईका अनुसार परेकाहरुलाई बिनासर्त छाड्ने सहमति भएको र केही समय लाग्ने भएको प्रशासनले बताएपछि दशैँ मनाउन हिँडेका यात्रीलाई मध्यनजर गर्दै बन्द खोलिएको हो ।
धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार कुकमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई कारवाही नगरी बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन् बन्दको आह्वान गरेको थियो ।बिहानैदेखि आन्दोलनकारीहरुले कोसी राजमार्ग बन्द गराएका थिए ।
बन्दको कारण कोशी राजमार्गमा धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम गुड्ने गाडीहरु रोकिएका थिए । आन्दोलनकारीले भेडेटार र धनकुटाको फोक्लेन टापुमा गाडि रोकेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##सात घण्टापछि कोसी राजमार्ग खुल्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्