हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य
काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
आइतबार नेकपा९एमाले० काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले देशमा जात(जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताउनुभयो ।
उपाध्यक्ष शाक्यले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताउनुभयो ।
उपाध्यक्ष शाक्यले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अष्टलक्ष्मी शाक्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्