साँगे काठमाण्डौं सम्पर्क समाजद्धारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना
सरोज ओझा /काठमाण्डौं । तनहुँ साँगे थातथलो भई काठमाण्डौंमा बसोबास गर्नुहुनेहरुको साझा संस्था साँगे काठमाण्डौं सम्पर्क समाजले विजया दशमी र आउदै गरेको दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । समाजद्वारा घटस्थापनाको दिन बसुन्धरा स्थित क्याफे डि नाईट बर्ड मा आयोजित उक्त कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । समाजका अध्यक्ष रामनाथ पंडितको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा पूर्व न्यायधिस एवं अख्तियार दुरुपयोग अनुसन्धान आयुक्त कृष्णबल्लभ काफ्ले, अर्थविद एवम् पूर्व क्याम्पस प्रमुख भोजराज ओझा, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, साबिक श्याम्घा गाविसका अध्यक्ष किरण भण्डारी, नेपाल प्रहरीका पूर्व एसएसपि हरि राज वाग्ले, बरिष्ठ इन्जिनियर ठाकुर प्रसाद पंडित, अधिवक्ता डा. अवतार न्यौपाने, मनबल्लभ वाग्ले, बालवती (बाला)शर्मा, चन्द्रा न्यौपाने लगायतले संबोधन गर्नुहुँदै समाज गठन भई विविध कार्यक्रम आयोजना हुँदै आएकामा खुसी व्यक्त गर्नुभयो भने सहभागी प्रायले आफनो परिचयसँगै साँगेमा बिताएका विगतसहित शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममाझ समाजले स्मारिका प्रकाशन गर्ने निर्णय गर्यो भने युवा व्यवसायी बालदीवस पंडितले उक्त स्मारिका प्रकाशनार्थ नगद २५ हजार सहयोगको घोषणा गर्नुभयो । सो अवसरमा सुरेन्द्र वाग्लेको संयोजकत्वमा स्मारिका प्रकाशन समिति साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्