टोखा नगरपालिकाद्धारा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तिब्र : गुणस्तरहिन पानी उद्योगमा सिलबन्दी
काठमाडौँ । टोखा नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । अनुगमनका क्रममा मापदण्ड बिपरितका दर्जनैं व्यवसायीलाई कार्वाहि समेत गरिएको छ ।
शुक्रबार टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ । नगरपालिकाबाट आज खटिएको अनुगमन टोलीले टोखा नगरपालिका–३ धमःटोलमा सञ्चालित एक्वा अविरल पानी उत्पादन गर्ने सिलवाल गुप्र इण्ड्रष्टिज प्रा.लि.लाई सिल गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्थानीय तहमा दर्ता नभई विगत १६ वर्षदेखि सञ्चालनमा रहेको र गुणस्तरीय हिन पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको जानकारी दिए ।
यस्तै, नगरपालिकाको बजार अनुगमनका क्रममा वडामा दर्ता नभई सञ्चालित गोँगबु तरकारी बजारलाई रु १० हजार, म्याद नाघेको वस्तु बिक्री वितरण गर्ने सागर प्लास्टिक सप्लायर्सलाई रु पाँच हजार, दर्ता नगरी सञ्चालित गुड्डु किराना एण्ड मसला सेन्टर गोँगबुलाई रु दुई हजार जरिवाना गरेको छ ।
यसैगरी, टोखा नगरपालिका वडा नं ११ बानियाँटारमा सञ्चालित क्वालिटी फ्रेस चिकेन सप्लायर्सलाई सिल गरेको छ । नगरपालिकाले चाडपर्वको समयमा टोखावासीको जनस्वास्थ्यलाई ध्यानमा दिएर अनुगमनलाई तीव्रता दिएको हो ।
अनुगमनका क्रममा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्का, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधिलगायत टोखाका कर्मचारीको सहभागिता थियो ।
पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल
टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ । नगरपालिकाबाट आज खटिएको अनुगमन टोलीले टोखा नगरपालिका–३ ढलमलटोलमा सञ्चालित एक्वा अविरल पानी उत्पादन गर्ने सिलवाल गुप्र इण्ड्रष्टिज प्रा.लि.लाई सिल गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्थानीय तहमा दर्ता नभई विगत १६ वर्षदेखि सञ्चालनमा रहेको र गुणस्तरीय पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्