तारकेश्वोर नगर स्काउटका संयोजक दामोदर बस्नेतको उद्घोष : स्काउटमा कुनै राजनैतिक गन्ध आउन दिदैनौ
काठमाडौं । तारकेश्वोर नगर स्काउटका संयोजक दामोदर बस्नेतले तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन नदिने बताउनु भयो ।
तारकेश्वोर नगर स्काउटले शनिबार तारकेश्वोर(२ मा रहेको ग्रीनहिल्स एकेडेमीमा एक भब्य समारोह बीच हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावाली, छठ पर्व २०८० तथा नेपाल सम्वत् ११४४९न्यू दँया भिन्तुना० को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदै बस्नेतले तारकेश्वोरलाई देशकै उत्कृष्ट स्थानीय तह बनाउने प्रण गर्नु भयो । साथै सबैलाई सयपत्रीको माला जस्तै समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
तारकेश्वोर भरिका सम्पुर्ण विद्यालयका स्काउट मास्टरको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित स्काउट तथा अन्य अतिथिहरुले एक आपसमा शुभकामना साटासाट गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तारकेश्वोर वडा नं।२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले स्काउटहरु साच्चै नै स्काउट गान अनुसार राष्ट्र भक्त ,कर्म भक्त भएको बताउनुभयो । स्थानीय स्काउट कार्यलय तारकेश्वोरले नगरपालिकामा जुन स्काउट गतिविधि अघि बढाई रहेको छ त्यो एकदम प्रशंसनीय रहेको र तारकेश्वोर नगरपालिकाले आफ्नो कार्य योजनामा स्काउटलाई विशेष स्थानमा राखेको समेत जानकारी गराउनु भयो ।
शुभकामना दिने क्रममा कार्यक्रमका विशेष अतिथि कालिदेवी मा।बि।का प्र।अ। कृष्ण ओझाले स्काउटले समाजमा शान्ति तथा सद्भाव कायम राख्न मद्दत गरेको र बालबालिकाहरुको चौतर्फी विकास गर्न थप टेवा पुर्याएको समेत बताउनुभयो । ग्रीनहिल्स एकेडेमीका सस्थापक प्रीन्सिपल राजेश्वोर प्रसाद यादवले स्काउटको हरेक गतिविधिमा आफू सधै अग्रसर भएर लाग्ने बताउनु भयो । तारकेश्वोर स्काउटका सह(संयोजक पुर्ण प्रसाद तिमिल्सिनाले आफुले स्काउटमा गरेको सङ्घर्ष सम्झदै सबै स्काउटरहरुलाई एकजुट भएर हातेमालो गर्दै अघि बढन आग्रह गर्नु भयो ।
साच्चै नै तारकेश्वोर नगरपालिका स्काउटमा अन्य स्थानीय तहहरु भन्दा अग्रणी स्थानमा रहेको छ । नगर भित्रका सबै सामुदायिक विद्यालय र केही सस्थागत विद्यालय गरि करिब ३० भन्दा बढी विद्यालयमा स्काउट दल विधिवत रुपमा नेपाल स्काउटमा दर्ता भइ सन्चालन भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वोर नगर स्काउटका संयोजक दामोदर बस्नेतको उद्घोष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्