दशैंको अवसरमा झमेल रक्सको खसीकप फुटसल प्रतियोगिता
ललितपुर । नेपालीहरुको महान् चाड दशैंको अवसरमा झमेल क्षेत्रका युवाहरुको समूह झमेल रक्सले दशैं खसी कप फुटसल प्रतियोगिताको आयोजना गरेको छ । सामाजिक तथा खेलकुद क्षेत्रमा प्रतिबद्ध भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्देै अघि बढिरहेको झमेल रक्सले हरेक बर्ष खसी कप फुटसल आयोजना गरी भाइचार र सांस्कृतिक सहअस्तित्वको लागि योगदान गर्दै आएको झलेम रक्सका अध्यक्ष जितेन्द्र थापामगरले बताउनुभयो ।
संस्कृति र चाडपर्वको जगेर्ना तथा भातृत्व विकाश गर्न बडा दशैँको अवसर पारेर दशैँ खसी कप फुटसल प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ । घटस्थापनाका दिन हुने खसी कप फुटसल प्रतियोगितामा १९ टिमको सहभागिता रहेको क्लवले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न ललितपुर महानगरपालिका वडा नं २ ले मुख्य सहयोग गरेको दानबहादुर थापामगरले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ३० केजिको खसी सहित नगद रु दस हजार र प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछ भने दोस्रो हुनेले २८ केजिको बोका सहित नगद रु पाँच हजार र प्रमाणपत्र एवम् मेडल प्राप्त गर्नेछ ।
उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षकलाई एक एक क्रेट अण्डा र नगद रु एकहजार उपलब्ध हुने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई मायाको चिनो प्रदान गरिने कुरा पत्रकार सम्मेलनमा समुहका अध्यक्ष जितेन्द्र थापा मगरले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #झमेल रक्सको खसीकप फुटसल प्रतियोगिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्