प्रधानमन्त्री दाहालद्वारा भरतपुरका तीनवटा खानेपानी आयोजनाको समुद्घाटन
चितवन । चितवनको भरतपुरमा निर्माण भएका तीन वटा खानेपानी आयोजनाको आज (आइतबार) एकसाथ समुद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, दिव्यनगर खानेपानी आयोजना र जखडीमाई सहलगानी खानेपानी आयोजनाको एक साथ समुद्घाटन गर्नुभएको हो ।
समुघाटनपछि बोल्दै प्रधानमन्त्री दाहालले यस खानेपानी आयोजनाले यहाँको जनताले स्वच्छ र गुणस्तरीय खानेपानी पिउने वातावरण बनेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महसुल घटाउने विषयमा आफूले सक्दो सहयोग गर्ने
सो क्रममा बोल्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले यस खानेपानी आयोजना समयमै सम्पन्न गराउन योगदान दिने सबैमा धन्यवाद दिनुभयो । उहाँले भरतपुरमा खानेपानीको समस्या समाधान गर्न केन्द्र सरकार आफ्नो तर्फबाट लागि परेको बताउनु भयो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आगामी दुई वर्षभित्रमा भरतपुरमा शतप्रतिशत खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले उद्घाटन गरेको तीन आयोजनाबाट भरतपुरबासी खानेपानीको समस्याबाट मुक्त भएको बताउनु भयो । तीन वटा खानेपानी आयोजनाबाट ८ हजार ७८७ घरधुरी लाभान्वित भएका छन् ।
समुद्घाटन कार्यक्रम शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : bannernews, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्