एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मालाई ‘डायस्पोरा बिजनेश अवार्ड’
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार(शर्मा) ‘डायस्पोरा बिजनेश अवार्ड’बाट सम्मानित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ बाट सम्मान गरेका थिए ।
शर्मा कतारमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन् । गैरआवासीय अभियानमा करिब दुई दशकदेखि सक्रिय शर्मा समाजसेवामा समेत सक्रिय छन् ।
शर्मासँगै प्रधानमन्त्री प्रचण्डले सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’सहित सम्मान गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले आरके शर्मा सहित आफ्नो व्यवसायमा उच्च स्थान बनाएका व्यक्तिलाई सम्मान गर्न पाउदा आफू गौरवको विषय भएको बताए ।
सिजन मिडियाले डा भगवान कोइराला, निर शाह, डा। राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए ।
“सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक बधाइसहित निरन्तर सफलताको कामना गर्दछु,” प्रचण्डले भने ।
शर्माले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो एजेण्डा सार्वजनिक गरेर आफ्नो एजेण्डा सार्वजनिक तथा अध्यक्षमा उम्मेदवारी दर्ता समेत गराएका छन् ।
शर्माले २४ महिनामा २४ बाचा गर्ने सहित आफ्नो बाचापत्र ल्याएका छन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बाचापत्र सार्वजनिक गरेका थिए ।
उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पुरा गर्न लागिपर्ने पनि बताए । ‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने, ‘सबै साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’
शर्मा कतारमा सन् २००३ मा पुगेका थिए । कतारमा जागिरे जीवनबाट सफल उद्यमीको परिचय शर्माले बनाएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्