लगनखेलमा निशुल्क स्वास्थ शिविर संचालनमा
लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ । सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ०५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनर्स्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो ।
उपचारका लागि शिविरमा आएका बिरामीलाई निशुल्क रुपमा अौषधी र चश्मा वितरण गर्नुका साथै ७० बर्ष कटेका बृद्ध बृद्धालाई पौष्टिक आहार समेत वितरण गरिएको थियो । शिविरमा करिब १५० बृद्ध बृद्धा र अन्य उमेर समुहका केही ब्यक्तिले परिक्षण गराएको वडा जनस्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन् ।
बिशेष गरि ज्येष्ठ नागरिकको स्वास्थ अवस्थाको पहिचान गरि उनीहरुको स्वास्थमा सुधार ल्याउने हेतुले स्वास्थ कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको वडा अध्यक्ष विकासमान श्रेष्ठले जनाए ।
उक्त शिविरबाट सिफारिस भई आएका जटिल समस्या भएका बिरामीलाई लोकन्थली स्थित बाल आँखा, नाक, कान घाटी अस्पताल तथा पुनर्स्थापना सेवाबाट दिईने उपचार र औषधीमा सहुलियत उपलब्ध गराईने अस्पतालका इमेज प्रोमोसन अफिसर मनिष चित्रकारले जानकारी दिए । अस्पतालले विभिन्न स्थानमा प्रत्येक सोमबार आँखा, नाक, कान, घाटी सम्बन्धी शिविर संचालन गर्दै आएको उनले प्रष्ट पारे ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ शिविर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्