कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ ।
हिजो शनिवार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीको शपथग्रहण आज दिउँसो १ बजे हुने कार्यक्रम तय भएको छ । शपथसँगै मुख्यमन्त्री कार्कीले आजनै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
कार्कीको पक्षमा एमालेका ३९ र कांग्रेसका–८ गरी ४७ जना सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीका कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गर्नुभएको थियो ।
दुवै आकांक्षीका पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले हिजो दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नु भएको थियो । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित नभए पछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८९५० बमोजिम कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केदार कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्