राष्ट्रिय युवा संघ नेपाल टोखाद्धारा बागमति प्रदेश कमिटिका नेताहरुलाई बधाई कार्यक्रम
राष्ट्रिय युवा संघ नेपाल टोखा नगर कमिटिले नेकपा एमालेका बागमति प्रदेश अधिवेशनमा टोखा नगरपालिकाबाट सर्बसम्मतरुपमा प्रदेश कमिटिमा चयन भएका नेताहरुलाई बधाई तथा सुभकामना कार्यक्रम गरेको छ ।
शनिबार टोखामा भब्य कार्यक्रम मार्फत बधाई तथा सुभकामना कार्यक्रम गरिएको युवा संघ टोखा नगरकमिटिका अध्यक्षले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका बरिठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले आन्तरिक प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्नु कम्युनिष्ट पार्टीका लागि उदारणीय भएको बताउनुभएको छ ।
अव एमालेले योग्य र सक्षम मानिसलाई नेता बनाउने भन्दै प्रतिप्रर्धालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभयो ।
आज नेकपा एमाले जिल्ला कमिटि बागलुङले आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता गुरुङले एमाले मात्रै कम्युनिष्ट पार्टीमा प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्ने पार्टी भएको बताउनुभयो ।
अब नेकपा एमाले झनै सशक्त भएर सांगठनीक गतिविधि जाने बताउदै नेता पोखरेलले एमाले खोप्पामा राखेको भिमसेन नभएको जिकिर गर्नुभयो ।

उहाँले नेकपा एमाले जनता र कार्यकर्तामा आधारिक पार्टी भएको बताउदै जनता र कार्यकर्ताले जस्लाई विश्वास गर्नुहुन्छ उही नेता चुनिने बताउनुभयो ।
सोही अवसरमा युवा संघले शुभकामना आदन प्रदान , दन्त एवं आँखा शिविर समेत संचालन गरेको थियो ।
टोखा नगरपालिकाबाट सर्बसम्मतरुपमा बागमती प्रदेश कमिटिमा प्रकाश अधिकारी ,कृष्ण प्रसाद अधिकारी , ज्ञानमाया डंगोल, राम कृष्ण श्रेष्ठ, निरेशलाल सिंह महर्जन, मञ्जु शर्मा सर्बसम्मतरुपमा चयन भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमति प्रदेश कमिटिका नेताहरुलाई बधाई कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्