काठमाडौ २६ मा माओवादी बिशेष रूपान्तरणसहित तिन महिने अभियान
काठमाडौं । माओवादी बिशेष रूपान्तरण सहित तिन महिने अभियान कार्यक्रम अन्तर्गत आजi नेकपा माओवादी केन्द्र , काठमाडौ महानगर पालिका वडा न ,२६ ले नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् बागमती प्रदेश इन्चार्ज, पूर्व गृह, उर्जा र अर्थ मन्त्री जनार्दनशर्माको प्रमुख आतिथ्यमा दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्नगरेको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य समन्वय प्रदेश अध्यक्ष तथा रूपान्तरण सहितको अभियान इन्चार्ज श्रीकृष्ण अधिकारी (विवेक) केन्द्र सदस्य रबिन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो ।
सो अवसरमा २६ न वडा भित्र विभिन्न सामाजिक टोल सुधार समिती अध्यक्षहरू, आमा समूह, कलाकार, चिकित्सक, खेलाडीलाई र कृयसिल व्यक्तित्वहरुलाई सम्मान गरियो । कार्यक्रममा सामाजिक सेवामा सकृय वडा भित्रका करिब २० जना भन्दा बढीलाई प्रमुख अतिथी जनार्दन शर्माले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले वडामा गर्नुपर्ने सामाजिक विकास निर्माणमा माओबादीले सबै प्रकारका सहयोग गर्ने र २६ न वडालाई नया रूपान्तरण सहित विकासको नयाँ योजनासहित नविन ढङ्गबाट अघि बढन आग्रह गर्नुभयो ।
उपमहासचिव शर्माले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अझ सशक्त पार्ने र देशलाई भ्रष्टाचारमुक्त बनाउन माओबादी पार्टी र सरकार निरन्तर लाग्ने बताउनुभयो । उहाँले भ्रष्टाचार गर्ने र देशलाई बर्बाद बनाउनेहरूलाई कुनै हालतमा नछोडिने जिकिर समेत गर्नुभयो । कार्यक्रममा करिब चार सय जनाको उपस्थिती रहेको माओवादी नेता धिरज उपरकोटीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्