योगराज ढकाल ‘रिगल’ विरुद्धको मुद्दामा आज सुनुवाई हुन सकेन
काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बिहिबार सुनुवाई हुन सकेन ।
प्रधानन्याायधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संयुक्त इजलाशमा आज पेशी तोकिएकोमा इजलाशमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराइले आफूले यस अघि पनि यस्तै प्रकृतिको मुद्धामा फैसला गरिसकेकाले सोही प्रकृतिको मुद्धाको सुनुवाई गर्न नमिल्ने भने पछि सुनुवाई हुन नसकेको हो । त्यसपछि मुद्धाको अर्को पेशी कात्तिक १४ गतेका लागि तोकिएको छ । इजलाशमा प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका थिए ।
न्यायाधीश भट्टराइले ४० प्रतिशत कैद भुक्तान गरेर माफी मिनाहा भएको मुद्धामा आफूले पहिल्यै फैसला गरिसकेको भनेपछि सुनुवाइ नगरी अर्को पेशी तोकिएको हो । खुँडा प्रहार गरी नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्मकैद भुक्तान गरिरहेका रिगलले संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए ।
रिगलले आममाफी पाएकोमा असन्तुष्टि व्यक्त गर्दै चेतनकी श्रीमति भारती मानन्धरले रिगल बिरुद्ध सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगराज ढकाल ‘रिगल’, #रिगल, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्